२०८२, १८ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

फेब्रुअरीदेखि तपाईँको कम्प्युटरमा ‘गुगल क्रोम’ नचल्न सक्छ ! त्यसो भएमा के गर्ने ?

२०७९, २० पुष बुधबार ०८:२३

पुस २०, काठमाडौँ | टेक जायन्ट कम्पनीले आगामी फेब्रुअरी महिनाको दोस्रो साता देखी वेब ब्राउजर गुगल क्रोमको नयाँ संस्करण सार्वजनिक गर्ने तयारी गरेको छ । यससँगै सो मितिदेखि गुगलले आफ्नो पुरानो भर्सनको वेब भर्सनमा टेक्निकल सपोर्ट बन्द गर्ने छ ।

हाल गुगलको गुगल क्रोम १०९ नामक संस्करण सञ्चालनमा छ । हाल सञ्चालनमा रहेको यो भर्सन विन्डोज ७ भन्दामाथिका अपरेटिङ सिस्टम भएका कम्प्युटरहरुमा मात्र उपलब्ध छ भने क्रोमको नयाँ संस्करण क्रोम ११० भने विन्डोज १० भन्दा माथिका अपरेटिङ सिस्टममा मात्र उपलब्ध हुने छ ।


हाल सञ्चालनमा रहेको क्रोम १०९ लाई गुगलले पूर्ण रूपमा बन्द नगर्ने भएतापनि जनावरी १५ देखि यसको टेक्निकल सपोर्ट बन्द हुने हुँदा यो भर्सनका प्रयोगकर्ताहरूले कुनै पनि सुरक्षा सुधार र थप कुराहरू सहित कुनै पनि नयाँ अद्यावधिकहरू प्राप्त गर्ने छैनन् ।

तसर्थ क्रोम १०९ का प्रयोगकर्ताहरूको क्रोम कारणबस बन्द भएमा अपरेटिङ सिस्टमलाई अपडेट ९ विन्डोज १० कम्तीमा ० गरेर क्रोमको नयाँ भर्सन प्रयोग गर्न पर्ने हुन्छ ।

‘क्रोम १०९ क्रोमको अन्तिम संस्करण हो जसले Windows 7 / Windows 8/8.1 लाई समर्थन गर्नेछ। क्रोम 110 संभवत फेब्रुअरी ७, २०२३ मा रिलिजको लागि निर्धारित गरिएको भर्सन हो जसलाई Windows 10 वा पछिको आवश्यक पर्छ।’ गुगलले भनेको छ ।

क्रोमलाई अपडेट किन गर्नु पर्छ ?

नवीनतम विन्डोज अपरेटिङ सिस्टम को साथ वेब ब्राउजर अपडेट गर्नाले क्रोमद्वारा रोल आउट गरिएका नवीनतम सुरक्षा अपडेटहरू र सुधारहरू प्राप्त गर्न सकिन्छ ।

कम्प्युटरलाई दुर्भावनापूर्ण आक्रमण, चोरी, फिसिङ, भाइरस ट्रोजन, स्पाइवेयर, एडवेयर, र अन्य मालवेयर लगायतका साइबर थ्रेटबाट जोगाउनका निमित्त पनि अपडेट आवश्यक हुन्छ । नयाँ संस्करणमा युजर एक्स्पेरियन्स पनि पहिलाका संस्करण भन्दा सबल हुन सक्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार वीर अस्पतालमा कडाइ, ढिलो आउनेको आधा दिनमात्र हाजिरी प्रतिनिधि सभाको सभामुख निर्वाचन चैत २२ गते हुने एसइईको रिजल्ट एक महिनाभित्रै निकाल्ने दुई मोटरसाइकल एकापसमा ठोक्किँदा दुवै मोटरसाइकलका चालकको मृत्यु सिंहदरबारमा सर्वदलीय बैठक जारी कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सुरु गृहमन्त्री गुरुङले गरे प्रहरी परिसर काठमाडौँको अवलोकन महाकालीमा नुहाउने क्रममा बगेर एकजना बेपत्ता यातायात कार्यालयबाट १६ बिचौलिया पक्राउ तोलामा ७४ सयले बढ्यो सुनको मूल्य, कतिमा भइरहेछ कारोवार ? विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल