पढ्न करिब 1 मिनेट लाग्छ

पुस २०, काठमाडौँ | पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । राजधानी लिस्बोनमा बस्दै आएका ३४ वर्षीय नवीन आचार्यको २७ डिसेम्बर २०२२ का दिन निधन भएको हो ।

उनी डेढ महिना अघि मात्रै पोर्चुगल पुगेका थिए । उनी सिन्धुपाल्चोकको मेलम्ची न.प वडा न. १२ मा जन्मिएको खुलेको छ ।

त्यस्तै उनी पछिल्लो समय काठमाडौंको तार्केश्वर ११ नेपालटारमा स्थायी रुपमा बसोबास गर्दै आएका थिए ।

गैरआवासीय नेपाली संघ, पोर्चुगलले आचार्यको निधनप्रति भावपूर्ण श्रद्धान्जली अर्पण गरेको छ । नेपाल पत्रकार महासंघ यूरोपका उपाध्यक्ष राजकुमार थापाका अनुसार परिवारको आग्रहमा आचार्यको शव नेपाल पठाउन लागिएको हो ।