पुस २८, काठमाडौँ | सन् २०२२ मा नेपालबाट पाँच सय ५८ विदेशी निष्कासनमा परेका छन् । यो सन् २०२१ को तुलनामा करिब तेब्बर हो । पछिल्लो वर्ष नेपाल आउने विदेशीको संख्या बढेसंगै निष्कासनमा पर्ने पनि बढेका हुन् ।
२०२१ मा २ सय १८ जना निष्कासनमा परेका थिए । अध्यागमन विभागका अनुसार सन् २०२२ मा निष्कासनमा पर्नेमा ५ सय २४ जना ओेभरस्टेसम्बन्धि कसुरमा र ३४ जना अन्य फौजदारी कसुरमा संलग्न छन् ।
यसरी निष्कासित हुनेमध्ये एक कुख्यात अपराधी चार्ल्स शोभराज समेत छन् । उनलाई १० वर्ष आउन नपाउने गरि निष्कासन गरिएको छ।