असार १ गतेदेखि भदौ मसान्तसम्म सडक खन्न रोक, खने कडा कारवाही हुने

Posted on: 08 Jun, 2023

जेठ २५, काठमाडौं । सरकारले असार १ गतेदेखि भदौ मसान्तसम्म सडक खन्न रोक लगाएको छ । बर्षाको कारण सडक थप बिग्रदै जाने भएकोले सडक खन्न नदिने बताइएको छ ।

सडक विभागअन्तर्गत संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालयले बिहीबार एक सूचना जारी गर्दै असार १ गतेदेखि भदौ मसान्तसम्म सडक खन्न रोक लगाइएको जनाएको छ ।


वर्षायाममा धारा, ढल, बिजुली, टेलिफोन आदि प्रयोजनका लागि सडक खन्दा तत्काल मर्मत सम्भार गरी यथास्थितिमा ल्याउन नसकिन भएकाले खन्न रोक लगाइएको कार्यालयले जानकारी दिएको छ ।

सूचनामा भनिएको छ, ‘सडक पनि थप बिग्रदै जाने भएकोले यही यही असार १ गतेदेखि भदौ मसान्तसम्म यस कार्यालय अन्तर्गतका सडक डिभिजनहरू मातहत रहेका कुनै पनि सड़क खन्ने स्वीकृति नदिइने र कसैले जबर्जस्ती सडक खनेको पाइएमा सार्वजनिक सडक ऐन २०३१ अनुसार कडा कारबाही गरिने छ ।’

यस बिषयमा तपाइको प्रतिक्रिया...!