२०८२, २९ माघ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

बाइडेनले छोडे राष्ट्रपतिको उम्मेदवारी, कमला ह्यारिसलाई समर्थन

२०८१, ७ श्रावण सोमबार ०५:४४

साउन ७,  काठमाडौँ । अमेरिकी राष्ट्रपति जो बाइडेनले राष्ट्रपतिको उम्मेदवारी फिर्ता लिएका छन् । 

८१ बर्षिय बाइडेनले आफ्नो उम्मेदवारी फिर्ता लिदै आफ्नी सहकर्मी र उपराष्ट्रपति कमला ह्यारिसलाई राष्ट्रपतिको उम्मेदवारमा समर्थन गर्ने घोषणा गरेका हुन् ।

पछिल्लो समय बढ्दो उमेर र स्वास्थ्यका कारण बाइडेनले रिपब्लिकन पार्टीका उम्मेदवार पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पलाई चुनौती दिन नसक्ने भन्दै उनलाई उम्मेदवारी फिर्ता लिन दबाब दिइएको थियो ।


बाइडेनले विज्ञप्तिमा भनेका छन्- 'राष्ट्रपतिको रूपमा सेवा गर्नु मेरो जीवनको सबैभन्दा ठूलो सम्मान हो । फेरि चुनाव लड्ने मेरो मनसाय भए पनि पार्टी र देशको हितमा उम्मेदवारी फिर्ता लिने र बाँकी कार्यकाल राष्ट्रपति पदको जिम्मेवारी पूरा गर्नमा पूर्ण ध्यान दिने विश्वास लिएको छु ।'

बाइडेनले आफ्नो निर्णय बारे राष्ट्रको नाममा सम्बोधन गर्ने अमेरिकी मिडियाहरुले बताएका छन् । अमेरिकामा आगामी नोभेम्बरमा राष्ट्रपतिको निर्वाचन हुँदैछ ।

यसैबीच कमला ह्यारिसले आफुलाई राष्ट्रपतिको उम्मेदवारीमा बाइडेनको समर्थन पाउनु सम्मानको कुरा भएको प्रतिक्रिया दिएकी छन् ।   

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रियसभाबाट चलचित्र विधेयक पारित तोकिएको मितिमै निर्वाचन हुन्छः प्रचण्ड बिभागमा श्रम स्वीकृति दिन ढिलासुस्तीसँगै कर्मचारी र विचौलिया बीच ‘सेटिङ’ फेरी सक्रिय निर्वाचन आचारसंहिता उल्लङ्घनमा ५१ स्पष्टीकरण, जवाफ ३० मात्र तामाकोसी बस दुर्घटनापछि क्षतिपूर्तिको माग गर्दै मन्थलीमा प्रदर्शन आयल निगमको टेकु कार्यालयबाट पनि उपभोक्ताले ग्यास खरिद गर्न पाउने भ्रष्टाचार नियन्त्रणको प्राथमिक जिम्मेवारी सरकारकै होः प्रधानमन्त्री कार्की भारत तर्फ लैजादै गरेका तीन बालबालिकालाई उद्धार सुनचाँदीको मूल्यमा सामान्य वृद्धि ५ दिनभित्र सबै राजनीतिक दललाई घोषणापत्र सार्वजनिक गर्न निर्वाचन आयोगको निर्देशन पशुपतिमा महाशिवरात्रिको तयारी तीव्र मधेश यात्रामा निस्किए बालेन्द्र शाह जापानमा भारी हिमपातका कारण ४६ जनाको मृत्यु तामाकोशी नदीमा बस खस्दा ज्यान गुमाउनेको संख्या ९ पुग्यो चुनावी सुरक्षाका लागि सतर्क रहन प्रधानमन्त्री कार्कीको निर्देशन पेस्तोलसहित दुईजना पक्राउ उज्यालो नेपाल जेनजी आन्दोलनपछिको सबैभन्दा नयाँ पार्टी हो: कुलमान घिसिङ सुनको मूल्य बढ्यो वीरगन्जमा सशस्त्र प्रहरीमाथि आक्रमण गर्ने चार पक्राउ फागुन ३ गतेदेखि मतदाता शिक्षा कार्यक्रम सुरु हुने