१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

स्वास्थ्य

नेपाल आइपुगे दुबईमा मृत्युदण्ड सुनाइएका ओखलढुंगाका श्रेष्ठ

१० श्रावण २०८१, बिहीबार १२:१९

साउन १०, काठमाडौँ । संयुक्त अरब इमिरेट्सको दुबईमा मृत्युदण्डको सजाय सुनाइएका ओखलढुंगा चिशंखुगढी-३ का भुवन श्रेष्ठ सकुशल स्वदेश फर्किएका छन्।

साथीलाई अस्पताल लैजाने क्रममा मृत्यु भएको घटनामा भुवन श्रेष्ठका साथै धादिङका पहलमान मगरलाई दुबईको एक अदालतले मृतक परिवारलाई ५० लाख ब्लड मनी नबुझाए मृत्युदण्ड दिने गरी सजाय सुनाएको थियो।


अदालतले सजाय निर्धारण गरेको सूचना पाएपछि नेपालमा उनीहरूलाई स्वदेश फर्काउन अभियान चलाइएको थियो।

ब्लडमनी तिरेपछि मृत्युदण्ड सजाय सुनाइएका दुवै जना सजायबाट मुक्त भएका छन्। श्रेष्ठ स्वेदश फर्केका छन् भने मगर यसै साता फर्किने तयारीमा छन्।

श्रेष्ठलाई स्वागत गर्न पुगेका ओखलढुंगाका सांसद रामहरि खतिवडाले भने, ‘भुवन श्रेष्ठ र पहलमान मगरको बचाउ अभियानमा जोडिएका सबै राम्रा मनहरूमा हार्दिक बधाई। भुवन श्रेष्ठ नेपाल आइसक्नुभएको छ र धादिङका पहलमान मगर पासपोर्टको केही कामहरू बाँकी रहेकाले १/२ दिनमा नेपाल आइपुग्नुहुन्छ भनेर दूतावासले जानकारी गराएको छ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह