१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

प्रचण्डको ब्रिफिङ- भ्रष्टाचारविरूद्व कदम चाल्दा सरकारबाट हटाइयो

११ श्रावण २०८१, शुक्रबार १२:३०

साउन ११, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारले राम्रो कामको पहल गर्दागर्दा हटाएर जनतामा जाने आधार तयार भएको बताएका छन् ।

पार्टी मुख्यालय पेरिसडाँडामा बसेको बैठकलाई सम्बोधन गर्दै आफू नेतृत्वको सरकारले भ्रष्टाचारविरुद्ध, जनतालाई सेवा प्रवाह र अन्तर्राष्ट्रिय जगलाई सन्तुलन मिलाउने कुरामा समग्रमा राम्रो पहलकदमी लिएका ब्रिफिङ गरेको प्रवक्ता अग्नि सापकोटाले बताए ।


प्रचण्डको भनाइलाई उद्धृत गर्दै उनले भने, ‘यो पहलकदमी लिँदा हामीलाई हटाइएको छ । त्यसलाई हामीले अवसरको रूपमा लिनुपर्छ । जनतामा जाने, हाम्रो वर्गसँगको कडी कहीँ न कहीँ टुटेको थियो । त्यसलाई सुदृढ गर्ने अवसर प्राप्त भएको छ ।’

उनले आजको बैठकमा पार्टीको अबको रणनीति र समीक्षा गर्दै ६ जनाले आफ्नो धारणा राखेको बताए ।

उनले भने, ‘आज ६ जनाले आफ्नो कुरा राख्नुभएको छ । सदन र सडकमा प्रभावकारी बनाउनेदेखि संगठन र जनपरिचालनको विषयमा पनि छलफल भएको छ। अब हामीले अभियान चलाउँछौँ। यसले मार्गचित्र तयार परेपछि स्थायी कमिटी र केन्द्रीय समितिले आधार तयार गर्छ ।’

उनले बैठक आइतबारसम्म लम्बिन सक्ने बताए ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह