४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

स्वास्थ्य

रौतहटमा ४७४ एचआईभी संक्रमित

११ श्रावण २०८१, शुक्रबार ०८:५६

साउन ११, रौतहट । पछिल्लो समय भारतीय सहरहरू बाट सर्दैगर्दा रौतहटमा एचआइभी एडस संक्रमितको संख्या बढ्दै गएको पाइएको छ । गत आर्थिक वर्षमा जिल्लाको १८ स्थानीय तहमा कुल संक्रमितको संख्या ४७४ पुगेको हो ।

त्यस अघिको आर्थिक बर्ष २०७९।०८० मा  एचआइभी एडस संक्रमितको संख्या मात्र ३३२ रहेको थियो। एक बर्षको अवधिमा जिल्लाभरीमा १४२ जना एचआइभी एडस संक्रमित बढेको संक्रमितहरुको रोकथाम तथा सचेतना सम्बन्धी काम गदैआएको सप्तरंगी नेपाल चन्द्रनिगाहपुरकी संयोजक जिना राना मगरले बताएकी छिन् ।


सबैभन्दा बढी राजपुर नगरपालिकामा एचआइभी एडस संक्रमित देखिएको छ । राजपुरमा ६३ जना संक्रमित रहेको  संयोजक मगरले जानकारी दिएकी छिन । दोश्रोमा इशनाथ नगरपालिकामा अहिले सम्म ५२ जना संक्रमित रहेका छन ।

चन्द्रपुर नगरपालिकामा अहिले सम्म ३७ जना संक्रमित रहेका छन।यसैगरी गौर नगरपालिकामा ३५ , गुजरामा २० जना,फतुवा बिजयपुरमा १०  ,कटहरियामा २० ,बृन्दावनमा १०,गढीमाइमा ११ जना संक्रमित रहेको संयोजक रानाले जानकारी दिएकी छिन ।यस्तै माधब नारायण नगरपालिकामा १२ ,गरुडामा १९ ,देवाही गोनाहिमा २० ,मौलापुरमा १५ ,बौधीमाइ मा २० ,परोहामा २५ ,राजदेबी नगरपालिकामा २५  र यमुनामाइ  २१ ,दुर्गाभगबती गाउपालिकामा २० जना तथा अन्य ३४ जना गरी रौतहटमा ४ सय ७४ जना संक्रमित रहेको  तथ्याङकमा उल्लेख गरेको छ ।

२०७१ साल यता जिल्लामा एचआइभी एडस रोगको कारण ४२ जनाको मृत्यु भएको प्रादेशिक अस्पताल गौरका एचआइभी एडस शाखाका प्रमुख शेष असरफ अलीले जानकारी दिएका छन ।

एचआइभी एडस संक्रमितको उपचार सहज भएकाले रोग लागेको शंका लागेमा समयमै उपचार गर्न अस्पतालमा आउन सकेमा अनाहक मृत्यु बाट जोगिनसक्ने  डाक्टर ठाकुरले जानकारी दिएका छन । 

जिल्लाको दक्षिणीभेग भारतीय सीमामा संग जोडिएको राजपुर, ईशनाथ नगरपालिकाका अधिकांश युवाहरु रोजगारीको लागि भारतको कलकता, मुम्बई, दिल्ली लगायतका सहरहरूमा जानेगरेको र उक्त भारतीय सहरहरूमा खुल्ला वेश्यावृत्ति हुनेगरेको कारण एचआईभि संक्रमितको संख्या बढ्दै गएको जानकारहरूको ठम्याई रहेको छ।

शिक्षा र चेतनाको अभावले अती बिपन्न तथा पिछडिएका वर्गबाट भारतीय सहरमा रोजगारीका लागि जाने यहाँका युवकहरु सुरक्षाको साधन अपनाउन लापरवाही गरेको कारण संक्रमितको संख्या बढ्दै गएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ