सुनको मूल्यमा सामान्य गिरावट, चाँदीको स्थिर

Posted on: 03 Jul, 2023

असार १८, काठमाडौं | नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको मूल्य सामान्य गिरावट आएको जानकारी दिएको छ । आजको मूल्यसूची तय गर्दै हिजो आइतबारको तुलनामा सुनको मूल्यमा सामान्य गिरावट आएको जनाएको हो ।

तोलामा १०० रुपैयाँले घटेसँगै आज छापावाल सुनको मूल्य तोलामा १ लाख १० हजार रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख ९ हजार ५०० रुपैयाँ कायम छ । हिजो आइतबार छापावाल सुनको मूल्य तोलामा १ लाख १० हजार १०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख ९ हजार ५५० रुपैयाँ कायम थियो ।

यस्तै, आज चाँदीको मूल्य भने आज स्थिर कायम भएको छ । हिजो आइतबार तोलामा १३ सय ७० रुपैयाँमा कारोबार भएको चाँदी आज पनि सोही मूल्यमा कारोबार भइरहेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!