१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

इलाम-२ मा १५ सय बढी मतगणना हुँदा कांग्रेसको अग्रता, मुढा तेस्रोमा हुँदा घण्टी चौथो (अपडेट)

१६ बैशाख २०८१, आईतवार ०९:२५

बैशाख १६, काठमाडौँ । इलाम क्षेत्र नम्बर २ को मतगणनाको प्रारम्भिक परिणाम आउन थालेको छ। सदरमुकाम इलाम बजारस्थित गौतम बुद्ध सभागृह (सिटी हल) मा मतगणना भइरहेको छ। 

हालसम्मको गणनामा नेपाली कांग्रेसका डम्बर खतिवडा अगाडि देखिएका छन्। दोस्रोमा नेकपा एमालेका सुहाङ नेम्बाङ छन् भने तेस्रोमा स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिम छन्।

रास्वपाका उम्मेदवार मिलन लिम्बू भने प्रारम्भिक मतपरिणाममा चौथो स्थानमा छन्।

इलामको फाकफोकथुम गाउँपालिकाका मतपेटिका खोलेर गणना सुरू गरिएको हो। फाकफोकथुमको वडा नम्बर १ र २ बाट गणना थालिएको छ।

अहिले वडा नम्बर १ को मतगणना गरिएको हो। 

बिहान बसेको सर्वदलीय बैठकमा क्रमशः फाकफोकथुम, चुलाचुली, माङसेबुङ गाउँपालिका र माई, देउमाई र इलाम नगरपालिकाको गणना गर्ने सहमति जुटेको थियो।

कुल मत: १५३९

डम्बर खड्का ()- ६५७

सुहाङ नेम्बाङ (एमाले)- ५३४

डकेन्द्रसिंह थेगिम (स्वतन्त्र, मुढा)-  १८७ 

मिलन लिम्बु (रास्वपा)- ११५

आइतबार बिहान बसेको सर्वदलीय बैठकपछि करिब १२ बजेबाट मतगणना सुरु गरिएको थियो।

मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेले आजै बेलुकीसम्म अन्तिम मतपरिणाम सार्वजनिक गर्ने तयारी गरिएको बताएका छन्। 

इलाम–२ मा कूल १ लाख १५ हजार ८८९ मतदाता छन्। त्यसमध्ये ६९ हजार २ सय ८७ जना मतदाताले मतदान गरेका छन्।

उपनिर्वाचनमा ६० प्रतिशत मत खसेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

जसमध्ये ३५ हजार १ सय २५ जना पुरुष र ३४ हजार १ सय ५० जना महिला र अन्य २ जनाले मतदान गरेका छन्। 

१२ राजनीतिक दलका र सात स्वतन्त्र गरी १९ जना उम्मेद्वार चुनावी प्रतिस्पर्धामा छन्।

एमालेका सुहाङ नेम्बाङ, कांग्रेसका डम्बर खड्का, रास्वपाका मिलन लिम्बू र पहिचानवादी साझा स्वतन्त्र उम्मेद्वार डकेन्द्रसिंह थेगिमबीच मुख्य प्रतिस्पर्धा हुने आकलन छ।क्ति आन्दोलन नेपालबाट जयवन्त विक्रम शाह, स्वतन्त्र उम्मेदवारका रूपमा अर्जुनबहादुर शाही, डकेन्द्रसिंह थेगिम लिम्बू, डाकप्रसाद बोहोरा, मनोज निरौला, योगेन्द्र गुरुङ र राज वश्याल उम्मेदवार छन् । 

१८ जना उम्मेदवार भए पनि मुख्यतः एमालेका सुहाङ, कांग्रेसका खड्का, रास्वपाका लिम्बू र स्वतन्त्र उम्मेदवार थेगिमबीच प्रतिस्पर्धा हुने अनुमान गरिएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह