न्यूनतम १२५ देखि अधिकतम ७५० सम्मले घट्यो हवाई भाडा, कहाँ कति सस्तियो? (सूचीसहित)

Posted on: 04 Jul, 2023

असार १९, काठमाडौँ | नेपाल नागरिक उड्डयन प्राधिकरणले तेस्रो पटक हवाई भाडा समायोजन गरेको छ । नेपाल आयल निगमले सोमबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल तथा मट्टितेलको मूल्यसँगै हवाई इन्धनको मूल्य समेत घटाएपछि प्राधिकरणले हवाई भाडा (फ्यूल सर्चाज) समेत घटाएको हो । 

न्यूनतम १२५ रूपैयाँदेखि अधिकतम ७५० रूपैयाँसम्मले हवाई भाडा घटेको क्यानले जनाएको छ । विराटनगर नेपालगञ्जजको भाडा ७५० रुपैयाँले घटेको हो । योसँगै यसतर्फको रुटमा ७ हजार ३ सय ५ रुपैयाँ भाडादर कायम भएको छ । काठमाडौ-धनगढी ६१५ रूपैयाँले घटेको छ । पोखरा-भद्रपुरको भाडा ५७० रूपैयाँले घटेको छ । विराटनगर-भैरहवा ५५० रूपैयाँ घटेको छ । यस्तै सबैभन्दा कम छोटो दुरीमा रहेको काठमाडौँ–सिमराको फ्यूल सर्चाज १२५ रुपैयाँले घट्दै १ हजार २२५ रुपैयाँ कायम भएको छ ।

सोमबार आयात निगमले आन्तरिक उडानतर्फको इन्धनको मूल्य प्रतिलिटर १४ रुपैयाँले र अन्तर्राष्ट्रियतर्फको इन्धन मूल्य प्रतिलिटर १५ रुपैयाँले घटाएको थियो । योसँगै प्राधिकरणले छोटो समयमा तेस्रो पटक हवाई भाडा समायोजन गरेको हो ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!