साउनदेखि लागु हुने गरि वाणिज्य बैंकहरुले आफूखुसी ब्याजदर तोक्ने

Posted on: 13 Jul, 2023

असार २८, काठमाडौँ | वाणिज्य बैंकहरुको ब्याजदर निर्धारण प्रक्रिया स्वयं बैंकहरुले नै तोक्ने भएका छन् ।  यसअघि नेपाल बैंकर्स एसोसिएसन (एनबीए) ले बैंकको ब्याजदर तोक्दै आइरहेको थियो । अबदेखि बैंकहरुले खुला बजार प्रतिस्पर्धाको आधारमा ब्याजदर घटबढ गर्न पाउने भएका हुन् । यससँगै ब्याजदर निर्धारणमा एनबीएको कार्टेलिङको समेत अन्त्य भएको छ । 

आज बसेको संघको बैठकले उक्त निर्णय गरेको हो | बैंकले निक्षेपको ब्याजरमा भद्र सहमतिको नाममा गर्दै हुँदै आएको कार्टेलिङ खारेज गरेको हो । बजारले नै आफ्नो मूल्य तय गर्ने सिद्धान्तअनुसार बैंकहरुले नै ब्याजदर तय गर्नेसक्ने निर्णय गरिएको बैंकर्स संघका अध्यक्ष सुनिल केसीले बताए ।

यो प्रावधान १ साउनदेखि लागु हुने निक्षेपको ब्याजदर बैंकरले आफु अनुकुल तय गर्न सक्ने भएका छन् ।

यस्तै विगत लामो समयदेखि देशभरका उद्योगी व्यवसायीहरुले समेत बैंकहरुको ब्याजदर कार्टेलिङविरुद्ध आन्दोलन गर्दै आइरहेका थिए । अर्थमन्त्रीको उक्त उद्घोषसँगै बैंक सञ्चालक र व्यवस्थापक तथा केन्द्रीय बैंक माथि नै तीव्र दबाब परेको थियो ।  दबाब बढेपछि बैंकरहरुले बैठकमा ब्याजदर आफूखुसी तय गर्ने सहमति भएको एनबीएले बताए । 

हाल वाणिज्य बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम ९.९९ प्रतिशत ब्याजदर दिँदै आएका छन्। २६ असारसम्म बैंकहरुको कुल निक्षेप ५७ खर्ब ३६ अर्ब रुपैयाँ पुग्दा औसत कर्जा निक्षेप अनुपात (सिडी रेसियो) ८१.६९ प्रतिशतमा झरेको राष्ट्र बैंकको तथ्यांक छ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!