सरकारले गत वर्षभन्दा बढाएर तोक्यो धानको नयाँ न्यूनतम मूल्य

Posted on: 13 Jul, 2023

असार २८, काठमाडौं | सरकारले यस वर्षका लागि किसानले बिक्री गर्ने धानको मूल्य बढाएर नयाँ न्यूनतम मूल्य तोकेको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले कृषि र उद्योग मन्त्रालयको सिफारिसमा मोटा धानको मूल्य ३ हजार १९८ र मध्यम धानको न्यूनतम समर्थन मूल्य ३ हजार ३६२ रुपैयाँ तोकेको हो ।

नयाँ मूल्यअनुसार मोटा धान प्रतिक्विन्टलमा ३३० रुपैयाँ र मध्यम धानको मूल्य २३४ रुपैयाँले बढेको छ । गत वर्ष सरकारले मोटा धान प्रतिक्विन्टल २ हजार ९६७ र मध्यम धानको प्रतिक्विन्टल मूल्य ३ हजार १२८ रुपैयाँ तोकिएको थियो । आर्थिक वर्ष २०७८/७९ मा मोटा धानको समर्थन मूल्य प्रतिक्विन्टल २ हजार ७५२ र मध्यम धानको मूल्य प्रतिक्विन्टल २ हजार ९०२ रुपैयाँ थियो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!