सुनचाँदीको कारोबार गर्दै हुनुहुन्छ, हेर्नुहोस् आज कतिमा हुँदैछ किनबेच ?

Posted on: 20 Feb, 2024

फागुन ८, काठमाडौं |  विगत ३ दिनदेखि बढेको सुनको मूल्य मंगलबार भने स्थिर रहेको छ । आज अघिल्लो दिनकै मूल्य प्रतितोला १ लाख १८ हजार रुपैयाँमा सुनको कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । विगत ३ कारोबार दिनमा सुनको मूल्य लगातार बढेको थियो ।

गत बिहीबार तोलामा १ लाख १६ हजार ५ सय रुपैयाँ रहेको सुन शुक्रबार ६ सय बढेर १ लाख १७ हजार १ सय रुपैयाँ पुगेको थियो । आइतबार ५ सयले बढेर १ लाख १७ हजार ६ सय पुगेको सुन सोमबार १ लाख १८ हजार रुपैयाँमा कारोबार भएको थियो । चाँदीको मूल्य पनि मंगलबार स्थिर छ । प्रतितोला १ हजार ४१० रुपैयाँमा चाँदीको कारोबार भइरहेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!