लोकमार्गको बागलुङ खण्ड निर्माणले गति लिँदै

Posted on: 30 Nov, 2016


कृष्ण कँडेल/मङ्सिर १५, बागलुङ । पुष्पलाल मध्यपहाडी लोकमार्गको बागलुङ खण्डमा पर्ने हटिया–बुर्तिबाङ सडक निर्माणको कामले गति लिएको छ । 

२ बर्ष भित्र कालोपत्रे गर्ने गरि २०७१ माघमा सम्झौता भएको ४४ किलोमिटर सडक निर्माणको काम भुकम्प, नाकावन्दी र पश्चिम बागलुङमा गत साउनमा भएको बाढि पहिरोका कारण प्रभावित भएको थियो । 

बर्षा सकिए लगत्तै कालोपत्रेका लागि सडक चौडा गर्ने, टेवा पर्खाल लगाउने, नाली काट्ने र ग्राबलिङ गर्ने काम तिब्र रुपमा भईरहेको लोकमार्ग आयोजनाका बागलुङ खण्ड प्रमुख सिनियर डिभिजनल ईन्जिनियर बद्रप्रसाद शर्माले जानकारी दिए । 

सुरुको लक्ष पुरा नहुने भएपछि समय थप गरेर अबको एक बर्षभित्र सडक कालोपत्रलाई पुर्णता दिने गरि स्तरबृद्धिको कामलाई तिब्र पारिएको हो । लोकमार्ग आयोजनाले ४४ किलोमिटर सडकलाई ३ भागमा बाँडेर फरक–फरक निर्माण कम्पनीलाई जिम्मा दिएकोमा अहिले सवैले आफ्नो काम नियमित गरिरहेका छन् । बागलुङ खण्डमा पर्ने १ सय ३५ किलोमिटर सडक मध्य घोडाबाँधे देखि हटिया सम्मको २० किलोमिटर सडक खण्ड यसअघि नै कालोपत्रे भैसकेको छ । बाँकी १ सय १५ किलोमिटर सडकलाई पनि विभिन्न खण्डमा छुट्याएर कालोपत्रेका गर्नका लागि निर्माण कम्पनसँग ठेक्का सम्झौता भई काम अघि बढेको छ । 

‘अबको तिन बर्षमा बागलुङ खण्ड पुरै कालोपत्रे हुने  गरि सवै सडकको ठेक्का सम्झौता भईसकेको छ ।’ ईन्जिनियर शर्माले भने, ‘राष्ट्रिय गौरबका आयोजना मध्ये पुष्पलाल मध्यपहाडी लोकमार्गको काममा सवैभन्दा धेरै प्रगति भएको छ, त्यसमा पनि बागलुङ खण्डको काम नमुना रुपमा अघि बढेको छ ।’ शर्माले दुईओटा मोटरेवल पुलको ठेक्का सम्झौता मात्र बाँकी रहेको बताए । 

हटियादेखि खर्बाङसम्मको १६ किलोमिटर सडक संकर मालिले कालोपत्रे गर्ने गरि ठेक्का सम्झौता गई काम अघि बढेको छ । खर्बङ देखि भिमगिठे ठुलाबेसीसम्मको अर्को १६ किलोमिटर सडक चालु आर्थिक बर्षमा कालोपत्रे गर्ने गरि रौताहा कन्स्ट्रक्सनले निर्माणको काम गरिरहेको छ । 

ठुलाबेसी भिमगिठेदेखि बुर्तिबाङ सम्मको १२ किलोमिटर सडकमा दिवा कन्स्ट्रक्सनले काम गरिरहेको छ । मापदण्ड अनुसार सडक चौडा गर्ने क्रममा ठुलावेसी–बुर्तिबाङ खण्डमा ३० वटा घरटहरा हटार्ईको दिवा कन्स्ट्रक्सनका ईन्जिनियर सुनिल ढुङ्गानाले जानकारी दिए । 

भिमगिठेको लब्दीखोलामा निर्माणाधिन मोटरेवल पुलको भिमघाट बजार तर्फको भागमा सवारी साधनै रोकेर चौडा गर्ने काम भईरहेको छ । 

बुर्तिबाङ शेरादेखि निसी पातिहाल्नेसम्मको ४२ किलोमिटर सडक पनि ३ बर्षभित्र कालोपत्रे गर्ने गरि ६ महिना अघि ठेक्का सम्झौता भई निर्माणको काम सुरु भएको छ । 

बुर्तिबाङ–बोहरागाउँ १७ किलोमिटर पनि शंकर मालीले नै, बोहरागाउँदेखि निसी चरिबाङसम्मको साढे १४ किलोमिटर कालिका प्यासेफिक र अन्तिम खण्ड चरिबाङ देखि पातिहाल्ने सम्मको १० किलोमिटर २०० मिटर सडक कन्काई कन्स्ट्रक्सनले निर्माणको जिम्मा लिएका छन् । 

सदरमुकाम बागलुङ बाजरको उपल्लाचौरदेखि विहुँ किमबोट सम्मको १३ किलोमिटर सडक ठेक्का सम्झौताको अन्तिम चारणम छ । मुल्याङ्कनको काम समेत सकिएकाले भारत सिद्धसाई जेभिले निर्माणको जिम्मा पाउने निष्चित जस्तै भएको आयोजनाले जानाएको छ । 

विहुँ किमबोटदेखि घोडाबाँधेसम्मको १२ किलोमिटर सडक ६ महिना अघि सुर्य कन्स्ट्रक्स सँग सम्झौता भई निर्माणको काम सुरु भएको छ । 

मध्यपहाडीको बागलुङ खण्डमा पर्ने १८ ओटा मोटरेवल पुल मध्य १२ आटोको निर्माण कार्य पुरा भएको छ । लब्दीखोला, निसीको भल्कोट, भिमगिठे र निसीकै चारिबाङमा निर्माणाधिन पुलको काम चालु आर्थिक बर्षमा सक्ने गरि काम भईरहेको छ । लब्दीखोला र भिमगिठे पुल निर्माणको जिम्मा लिएको मैनाचुली विकेईले सम्झौता अनुसार समयमै काम नसकेका कारण सुचना निकालेर सम्झौता खारेजको प्रक्रिया सुरु गरिएको थियो । तर चालु आबमा निर्माणको काम सक्ने प्रतिबद्धता गरेपछि अन्तिम पटक अवसर दिईएको ईन्जिनियर शर्माको भनाई छ । 

बुर्तिबाङको शेरामा बन्ने र बानपा तथा पालाको सिमानामा पर्ने खहरेको पुल निर्माणका लागि टेन्डरको प्रक्रियामा रहेका छन् । 

लोकमार्गको पश्चिम खण्डलाई अबको तिन बर्ष भित्र पुरै कालोपत्रे गर्ने राष्ट्रिय लक्ष्य भित्रै बागलुङ खण्डको पनि कालोपत्रे पुरा गर्ने गरि काम भईरहेको आयोजनाले जनाएको छ । 

सडकको मापदण्डमा परेका १ सय २० ओटा घर टहरा हटाउनुपर्नेमा अहिले सम्म ४० भन्दा बढि स्थानियवासीले नै हटाएका ईन्जिनियर शर्माले बताए । पुष्पलाल मध्यपहाडी लोकमार्गको पश्चिम खण्डको लागि चालु आबमा १ अर्ब ४२ करोड बजेट बिनियोजन भएको छ । नुवाकोटदेखि बैतडीसम्म १४ वटा जिल्लामा पर्ने १ हजार ९७ किलोमिटर सडकका लागि यो बजेट छुट्टिएको हो । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!