१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

कांग्रेस नेतासँगको संवादपछि प्रधानमन्त्रीले भने- भोलि बेलुकासम्म सहमति जुट्नेमा विश्वस्त छु

३० बैशाख २०८१, आईतवार ०६:३२

बैशाख ३०, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सोमबार बेलुकासम्म दलहरूबिच संवादमार्फत संसद्को अवरोध हटाएर नीति तथा कार्यक्रम सहजै अघि बढाउन सहमति जुट्ने विश्वास बढेको प्रतिक्रिया दिएका छन् । 

‘संसद् अवरोधको ढोका खोल्न नै मैले आज प्रमुख प्रतिपक्षसँग कुरा गरेको छु’, प्रचण्डले न्युज एजेन्सी नेपाललाई प्रतिक्रिया दिँदै भनेका छन्, ‘आजको छलफलमा अन्तिम निष्कर्षमा पुग्न नसकिए पनि मलाई के विश्वास भएको छ भने भोलि बेलुकासम्म हामी एउटा निष्कर्ष निकालेर नीति कार्यक्रम सहज ढङ्गले अगाडि बढ्ने वातावरण बन्छ ।’ 

प्रधानमन्त्री प्रचण्डले आइतबार बिहान संसद् अवरोध गर्दै आएको प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका शीर्ष नेताहरूसँग छलफल गरेका थिए । कांग्रेसले सहकारी ठगी प्रकरणमा उपप्रधानमन्त्री समेत रहेका गृहमन्त्री रवि लामिछानेसहित अनुसन्धानको दायरामा आउने गरी संसदीय समिति गठन नभएसम्म संसद्को अवरोध नहट्ने बताउँदै आएको छ । 

जेठ १ गते मङ्गलवार संसद्को संयुक्त सदनमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको वार्षिक नीति तथा कार्यक्रम वाचन गर्ने कार्यक्रम छ । सोही नीति तथा कार्यक्रमका आधारमा सरकारले बजेट सार्वजनिक गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह