२०८२, ११ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

कांग्रेस नेतासँगको संवादपछि प्रधानमन्त्रीले भने- भोलि बेलुकासम्म सहमति जुट्नेमा विश्वस्त छु

२०८१, ३० बैशाख आईतवार ०६:३२

बैशाख ३०, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सोमबार बेलुकासम्म दलहरूबिच संवादमार्फत संसद्को अवरोध हटाएर नीति तथा कार्यक्रम सहजै अघि बढाउन सहमति जुट्ने विश्वास बढेको प्रतिक्रिया दिएका छन् । 

‘संसद् अवरोधको ढोका खोल्न नै मैले आज प्रमुख प्रतिपक्षसँग कुरा गरेको छु’, प्रचण्डले न्युज एजेन्सी नेपाललाई प्रतिक्रिया दिँदै भनेका छन्, ‘आजको छलफलमा अन्तिम निष्कर्षमा पुग्न नसकिए पनि मलाई के विश्वास भएको छ भने भोलि बेलुकासम्म हामी एउटा निष्कर्ष निकालेर नीति कार्यक्रम सहज ढङ्गले अगाडि बढ्ने वातावरण बन्छ ।’ 

प्रधानमन्त्री प्रचण्डले आइतबार बिहान संसद् अवरोध गर्दै आएको प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका शीर्ष नेताहरूसँग छलफल गरेका थिए । कांग्रेसले सहकारी ठगी प्रकरणमा उपप्रधानमन्त्री समेत रहेका गृहमन्त्री रवि लामिछानेसहित अनुसन्धानको दायरामा आउने गरी संसदीय समिति गठन नभएसम्म संसद्को अवरोध नहट्ने बताउँदै आएको छ । 

जेठ १ गते मङ्गलवार संसद्को संयुक्त सदनमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको वार्षिक नीति तथा कार्यक्रम वाचन गर्ने कार्यक्रम छ । सोही नीति तथा कार्यक्रमका आधारमा सरकारले बजेट सार्वजनिक गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
छ महिनाभित्रै निर्वाचन गराउने कार्य सहज थिएन : प्रधानमन्त्री कार्की ठमेलमा यौनधन्दा गर्दै आएका २० विदेशी महिला पक्राउ बालेनले शुक्रबार मध्याह्न साढे १२ बजे शपथ लिने कर्णाली प्रदेशमा भोलि सार्वजनिक बिदा हामी सडकबाट सशक्त रूपमा सरकार चलाउने छौं: कुलमान घिसिङ कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सुरु अर्जुननरसिंह केसीले गरे पदभार ग्रहण रवि लामिछानेलाई अमेरिकाले दियो बधाई राष्ट्रपतिबाट प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीले लिए शपथ पूर्वसांसद गोविन्दविक्रम शाहको निधन कुवेत विमानस्थलमा इरानी ड्रोन आक्रमण सुनचाँदीको मुल्य बढ्यो एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने एनआरएनए आईसीसी सह–कोषाध्यक्षमा गङ्गा खतिवडा निर्विरोध, आर्थिक पारदर्शितामा नयाँ भरोसा ‘दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता २०२६’ झापाको दमकमा आयोजना हुँदै भिरबाट लडेर ९ वर्षीया बालिकाको मृत्यु केन्द्रीय कार्यसमितिको निर्णयको सम्मान गर्छु : गगन थापा भदौ २४ गते नेताको घरमा भेटिएको र जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ: गगन थापा