सामुदायिक विद्युतिकरण बाहेकका काठे पोल हटाउदै

Posted on: 10 Aug, 2017

पर्वत । सामुदायिक बिद्युतीकरण भएका वडाबाहेक चालु आर्थिक बर्षमा काठेपोल बिस्थापित हुने भएको छ । नेपाल बिद्युत प्राधिकरण पर्वतले यसबर्ष कम्तीमा चार हजार काठे पोल बिस्थापित गर्ने जनाएको हो ।
सुमा काठका पोल गाडेर बिद्युतिकरण गरिएको भएपनि ती पोलहरु भाचिने र कुहिने समस्याले यसबर्ष सबै काठका पोल बिस्थापित गर्ने तयारी भएको बिद्युत प्राधिकरण पर्वत शाखाका प्रमुख विजयराज रेग्मीले जानकारी दिए । ‘यसबर्ष पर्वतमा झण्डै चारदेखि पाँच हजार फलामे पोल आइपुग्छन्’ उनले भने–‘यो संख्याका पोलले सामुदायिक बिद्युतिकरणबाहेकको वडाका सबै काठेपोल बिस्थापित हुन्छ ।’
पर्वतमा सामुदायिक बिद्युतिकरणका आठ हजार र बिद्युत प्राधिकरण बिद्युतिकरण भएका वडामा पाँच हजार काठका पोल छन् । स्थानीय विकास अधिकारी बिष्णुप्रसाद भुसालले पर्वतका १३ हजार काठका पोलमध्ये जिल्ला समन्वय समितिले गत आर्थिक बर्ष एक हजार फलामे पोल खरिद गरेर बितरण गरेको जानकारी दिए ।
त्यस्तै गत आर्थिक बर्ष बिद्युत प्राधिकरणले पर्वतमा एक हजार एक सय ३२ वटा काठे पोल बिस्थापित गरेको छ । १३ हजार काठे पोलमध्ये जिल्ला समन्वय समिति र बिद्युत प्राधिकरणले गरी आर्थिक बर्ष २०७३÷२०७४ मा दुई हजार एक सय ३२ वटा काठका पोल बिस्थापित गरेका छन् । ‘यसबर्ष हामीलाई झण्डै ११ हजार काठका पोल बिस्थापित गर्ने भार थपिएको छ’ स्थानिय विकास अधिकारी भुसालले भने ।
गत आर्थिक बर्ष पर्वत क्षेत्र नम्बर १ का सांसद अर्जुनप्रसाद जोशी र क्षेत्र नम्बर २ का सांसद विकास लम्सालको निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमबाट तीन सय पोल खरिद गरिएको बताए । उनका अनुसार जिल्ला समन्वय समितिको आन्तरिक स्रोतबाट सात सय फलामे पोल खरिद गरिएको हो । ‘जिल्ला समन्वय समिति र निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमको रकम गरी एक हजार फलामे पोल खरिद गरी बितरण गरेका छौ’ उनले भने–‘चालु आर्थिक बर्षमा पनि फलामे पोल बितरण प्रयास जारी राख्छौ ।’
समन्वय समितिमार्फत खरिद गरिएको एक हजार पोल सामुदायिक बिद्युतीकरण भएका वडामा काठे पोलको संख्याको आधारमा बितरण गरेको भुसालले जानकारी दिए । ‘
प्रमुख चुनौति नै सामुदायिक बिद्युतिकरण भएका वडाका काठे पोल हटाउने रहेको छ’ उनले भने । पर्वतमा बर्षौदेखि गाडीएका काठका पोल कुहेर दुर्घटना हुने अवस्थामा समेत छन् । गाउँका धेरै ठाउँमा पोलहरु ढलेपछि बाँसको टेको लगाएर समेत बिद्युतको तार टागिएको अवस्था छ ।
अब स्थानीय तहले पनि काठका पोल हटाउनका लागि प्रयास गर्नुपर्ने भुसालको भनाई छ । ‘काठे पोल भाँचियो, ढल्यो भनेर अत्यधिक मात्रामा फलामे पोलको माग आउने गरेको छ’ भुसालले भने–‘अव स्थानीय तहले पनि ध्यान दिनुपर्ने बेला आएको छ ।’
स्थानीय तहको निर्वाचनमा पर्वतका अधिकांश उम्मेदवारले आफ्नो कार्यकालभित्र हाल रहेका काठका पोल बिस्थापित गरी फलामे पोल गाड्ने प्रतिबद्धता जनाएका थिए ।
निर्वाचनमा प्रतिबद्धता जनाएपनि स्थानीय तहको बजेटमा भने फलामे पोल खरिदमा बजेट बिनियोजन गरेका छैनन् । कुश्मा नगरपालिकाबाहेक फलेबास नगरपालिका, पैंयूँ, महाशिला, बिहादी, मोदी र जलजला गाउँपालिकाले आर्थिक बर्ष २०७३÷०७४ को बजेट सार्वजनिकरण गरिसकेका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!