१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

कतारबाट पठाएको सुन अर्कैले लगेपछि भरिया बन्धक, करिब ५ लाख फिरौती माग

१८ बैशाख २०८१, मंगलवार १०:०३

बैशाख १८, काठमाडौँ । कतारबाट गिरोहले पठाएको सुन अर्कैले लगेपछि भरियालाई बन्धक बनाएर फिरौती मागिएको छ । सप्तरीको राजविराजका सिकेन्द्र यादवलाई सिनामंगलमा बन्धक बनाएको आरोपमा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा अजिम अली र एमडी सहनी रहेका छन् ।

उनीहरुले यादवलाई सोमबार कतारबाट काठमाडौं ओर्लिएको केही समयमा आफ्नो कोठा पुर्‍याएर बन्धक बनाएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख सानुराम भट्टराईले जानकारी दिए ।


उनका अनुसार बन्धक बनाएर अली र सहनीले यादवको परिवारसँग ४ लाख ८० हजार रुपैयाँ फिरौती मागेका थिए ।

कतारबाट एक व्यक्तिले यादवलाई २४ ग्राम सुन बोकाएर काठमाडौंमा अलीलाई दिनु भनेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । तर, यादवले ल्याएको उक्त सुन अर्कै व्यक्तिले काठमाडौंमा बुझेको दाबी गरेका छन् ।

त्यसपछि अलीले यादवलाई सुन खोज्दै आफ्नो कोठा पुर्‍याएका थिए । उनीहरुले यादवलाई कुटपिटसमेत गरेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट