१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

राष्ट्रबादी शक्तिहरु एकजुट भएर अघि बढ्न नयाँ शिराबाट सोच्नुपर्ने समय आयो- कमल थापा

१८ बैशाख २०८१, मंगलवार १०:३६

बैशाख १८, काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले सबै राष्ट्रबादी शक्तिहरु एकजुट भएर अघि बढ्ने बारे नयाँ शिरा बाट सोच्नुपर्नेमा जोड दिएका छन् ।

आज पार्टीको तराई मधेस  र पुर्बान्चल क्षेत्रका पदाधिकारी सदस्य तथा जिल्ला अध्यक्षहरुको भर्चुअल बैठकमा बोल्दै थापाले मुलुकले बलियो राष्ट्रबादि प्रजातान्त्रिक शक्ति खोजिरहेको भन्दै अहिलेको मुलुकको दुराबस्थाबाट पार पाउन ठुलो छातिका साथ राष्ट्रबादी शक्ति निर्माणमा जुट्नु पर्ने बताए । पद,प्रतिष्ठा, स्वार्थ र महत्वाकांक्षालाई बिसर्जन गर्दै देश र जनता जोगाउने अभियानमा केन्द्रित हुनुपर्ने समय आएको समेत थापाले बताए ।


वर्तमान भ्रष्ट व्यवस्था प्रति जनतामा वितृष्णा व्याप्त रहेको तथा हिन्दुराष्ट्र र राजाको लोकप्रियता बढीरहेको अवस्थामा राष्ट्रवादी शक्तिहरू एकजुट भएर अघि बढ्न ढिला गर्न नहुने भन्दै उनले आफू र राप्रपा नेपाल त्यसको लागि सकारात्मक भुमिका निर्बाह गर्न तयार रहेको समेत उल्लेख गरे । अहिलेको भ्रष्टतन्त्र र मनपरिलाई रोक्न आन्दोलनले मात्र सक्ने भन्दै थापाले समान बिचार भएका शक्ति एकै ठाउँमा आई आन्दोलन गर्नुपर्नेमा जोड दिए ।

ईलाममा पार्टी संगठन कमजोर रहेको ,प्रचार अभियान प्रभावकारी नभएको र साधन श्रोतको अभाबले थोरै भोट आउनु स्वभाविक भएको समेत उनले बताए । बैठकमा पार्टीका बिभिन्न पदाधिकारी र जिल्ला अध्यक्षहरुले आफ्नो धारणा राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट