२०८२, १५ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

राष्ट्रबादी शक्तिहरु एकजुट भएर अघि बढ्न नयाँ शिराबाट सोच्नुपर्ने समय आयो- कमल थापा

२०८१, १८ बैशाख मंगलवार १०:३६

बैशाख १८, काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले सबै राष्ट्रबादी शक्तिहरु एकजुट भएर अघि बढ्ने बारे नयाँ शिरा बाट सोच्नुपर्नेमा जोड दिएका छन् ।

आज पार्टीको तराई मधेस  र पुर्बान्चल क्षेत्रका पदाधिकारी सदस्य तथा जिल्ला अध्यक्षहरुको भर्चुअल बैठकमा बोल्दै थापाले मुलुकले बलियो राष्ट्रबादि प्रजातान्त्रिक शक्ति खोजिरहेको भन्दै अहिलेको मुलुकको दुराबस्थाबाट पार पाउन ठुलो छातिका साथ राष्ट्रबादी शक्ति निर्माणमा जुट्नु पर्ने बताए । पद,प्रतिष्ठा, स्वार्थ र महत्वाकांक्षालाई बिसर्जन गर्दै देश र जनता जोगाउने अभियानमा केन्द्रित हुनुपर्ने समय आएको समेत थापाले बताए ।


वर्तमान भ्रष्ट व्यवस्था प्रति जनतामा वितृष्णा व्याप्त रहेको तथा हिन्दुराष्ट्र र राजाको लोकप्रियता बढीरहेको अवस्थामा राष्ट्रवादी शक्तिहरू एकजुट भएर अघि बढ्न ढिला गर्न नहुने भन्दै उनले आफू र राप्रपा नेपाल त्यसको लागि सकारात्मक भुमिका निर्बाह गर्न तयार रहेको समेत उल्लेख गरे । अहिलेको भ्रष्टतन्त्र र मनपरिलाई रोक्न आन्दोलनले मात्र सक्ने भन्दै थापाले समान बिचार भएका शक्ति एकै ठाउँमा आई आन्दोलन गर्नुपर्नेमा जोड दिए ।

ईलाममा पार्टी संगठन कमजोर रहेको ,प्रचार अभियान प्रभावकारी नभएको र साधन श्रोतको अभाबले थोरै भोट आउनु स्वभाविक भएको समेत उनले बताए । बैठकमा पार्टीका बिभिन्न पदाधिकारी र जिल्ला अध्यक्षहरुले आफ्नो धारणा राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना ओली र लेखकको पक्राउ प्रतिशोध होइन, केवल न्यायको सुरुआत हो: गृहमन्त्री गुरुङ एमालेका अध्यक्ष ओलीको स्वास्थ्य परीक्षण गरियो ओली पक्राउ परेपछि सडकमा उत्रे एमाले कार्यकर्ता काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह