मंसिर २९, काठमाडौं | नेपाल एयरलाइन्सले नारिता र ग्वाङझाउमा उडान सुरु गर्ने भएको छ | जापानको नारिता र चिनको ग्वाङझाउमा मार्च पहिलो र दोस्रो साताबाट उडान गरिने निगमले जनाएको छ | निगमका अनुसार नेपाल भ्रमण वर्ष २०२० को प्रारम्भ सँगै उडान शुरु गर्न लागिएको हो |
मंसिर २६ मा बसेको कार्यकारी समितिको बैठकले अन्तर्राष्ट्रिय गन्तव्यका अतिरिक्त थप दुई गन्तव्यमा आफ्नो उडान बिस्तार गरिने निर्णय गरेको थियो | उडान थपिए पछि पर्यटकको संख्या बढ्ने निगमले अपेक्षा गरेको छ |
यी दुई गन्तव्यको उडान थपिए पछि ए–३२० न्यारोवडी र ए–३३० वाइडवडीको उडान घण्टामा वृद्धि हुने र पूर्ण उपयोगमा आउने छन् |
यस बिषयमा तपाइको प्रतिक्रिया...!