१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

कैलालीमा भन्सार छलेर ल्याएको ५ लाखको सामान बरामद

२२ बैशाख २०८१, शनिबार ०९:४०

बैशाख २२, धनगढी | कैलालीमा भन्सार छली गरी ल्याइएको पाँच लाख रुपैयाँ बराबरको सामान प्रहरीले बरामद गरेको छ।

धनगढी उपमहानगरपालिका, टीकापुर नगरपालिका, भजनी नगरपालिका र कैलारी गाउँपालिकामा भारतबाट भन्सार छली गरी अवैधरुपमा ल्याइरहेको अवस्थामा पाँच लाख नौ हजार ५४० रुपैयाँ बराबरको सामान बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कविन्द्रसिंह बोहराले जानकारी दिए।

उनका अनुसार धनगढी उपमहानगरपालिका–३ को ज्ञानुप्लाजा नजिकैबाट एक लाख २८ हजार बराबरको कुर्ता, सुट, दोपट्टा, भजनी नगरपालिका–८ को खैराबाट दुई लाख ३४ हजार रुपैयाँ बराबरको सुर्ती र बिडीसहित एउटा मोटरसाइकल बरामद गरिएको छ ।

यस्तै, भजनी नगरपालिका–५ को लालबोझी र पिपलकोटीबाट ८० हजार बराबरको ३५० किलो चिनी, खाने तेल, प्लाष्टिक झोला लगायतका सामान, टीकापुर नगरपालिका–९ को खक्रौलाबाट २५ हजारको तर्बुजा र कैलारी गाउँपालिका–५ बाट १० हजार बराबरको दुई वटा टेबुल पंखा बरामद गरिएको प्रहरी नायब उपरीक्षक बोहराले बताए।

ती सामान आवश्यक कारबाहीका लागि कैलाली भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट