बैशाख २२, काठमाडौं | नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक सिंहदरबारमा जारी रहेको छ ।
सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसिरहेको बैठकमा पछिल्लो समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल हुने जनाइएको छ।
बैठकमा प्रधानमन्त्री समेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को उपस्थिति रहेको छ ।
संसदको बजेट अधिवेशन २८ गतेदेखि सुरु हुँदैछ। अब बस्ने बैठकमा पार्टीको भूमिका प्रभावकारी बनाउने विषयमा बैठकमा छलफल भएको जनाइएको छ।