सुनचाँदीको भाउ घट्यो

Posted on: 07 Oct, 2020

असोज २१, काठमाडौँ । बुधबार सुनको चाँदीको भाउमा गिरावट आएको छ । मंगलबार तोलाको ९४ हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा ८ सय रुपैयाँले घटेर ९४ हजार १ सयमा झरेको हो । तेजावी सुन पनि आज तोलामा ८ सयले नै घटेर ९३ हजार ६ सय रुपैयाँमा आईपुगेको छ ।

चाँदीको भाउमा पनि आज २५ रुपैयाँले घटेको छ । चाँदी आज तोलामा ११ सय ७५ रुपैयाँ कारोबार भईरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको भाउ ८० हजार ६७५ रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको मूल्य ८० हजार २४५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १ हजार ७ रुपैयाँ ५० पैसा कायम गरेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!