घट्यो सुनको मूल्य, यस्तो छ आजको भाउ

Posted on: 28 Sep, 2021

असोज १२, काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आज घटेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो सुनको मूल्य प्रतितोला ८९ हजार ३ सयमा कारोबार भएकोमा आज तोलामा तीन सयले घटेको हो । सोमबार सुनको मूल्य तोलामा तीन सयले बढेको थियो ।  

महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ८९ हजार रहेको छ भने तेजावी सुनको मूल्य ८८ हजार ५५० रहेको छ । त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । हिजो चाँदीको मूल्य ११६० मा कारोबार भएकोमा आज घटेर तोलामा ११५५ रुपैयाँ मूल्य कायम गरिएको महासंघले जनाएको छ ।         

यस बिषयमा तपाइको प्रतिक्रिया...!