११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

वीरगन्जका पूर्व मेयर सरावगीले छोडे एमाले

२८ बैशाख २०८१, शुक्रबार ०८:२३

बैशाख २८, वीरगन्ज । वीरगन्ज महानगरपालिकाका पूर्व मेयर विजय सरावगीले नेकपा एमाले परित्याग गरेका छन् । सरावगीले गत बुधबार नै एमालेको साधारण सदस्यसमेत नरहने गरि एमालेका केन्द्रीय अध्यक्ष केपी शर्मा ओलीलाई राजिनामा पत्र पठाएको भएपनि उक्त राजीनामा पत्र शुक्रबार मात्र सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका हुन् ।

नेकपा एमालेका केन्द्रीय परिषद् सल्लाहकार सदस्य रहेका सरावगीले एमाले पार्टीमा आफूलाई कुनै भूमिका नदिइएको,निष्क्रिय बनाएर राखिएको भन्दै एमालेबाट राजीनामा दिएको जनाएका छन् । यसपछि आफू कुनैपनि दलमा नलाग्ने र स्वतन्त्र रुपमा समाजसेवामा लाग्नेपनि उनले बताएका छन् ।

यद्यपि उनले कुनै दलमा नलाग्ने बताएपनि उनि उपेन्द्र यादव नेतृत्वको जसपा नेपालमा फेरि फर्कने चर्चा सर्वत्र छ। सरावगीले यसअघ गत बुधबार नै आफूले एमाले छाड्ने मनशाय बनाएको बताएका थिए ।

२०७४ को निर्वाचनमा तत्कालीन संघीय समाजवादी फोरम हालको जसपाबाट वीरगन्ज महानगरको मेयरमा निर्वाचित भएका सरावगी गत स्थानीय तह निर्वचन भन्दा पहिले २०७८ साल फाल्गुन २८ गते जसपा छाडेर एमालेमा प्रवेश गरेका थिए । गत निर्वाचनमा सरावगी एमालेबाटै वीरगन्ज महानगरको मेयरमा चुनाव लडेर पराजित भएका थिए । त्यसपछि उनलाई एमालेले २०७९ साल असार २७ गते एमालेको केन्द्रिय सल्लाहकार परिषदको सदस्यमा मनोनित गरेको थियो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह