कुमारी बैंकले गर्‍यो बोनस शेयर दिने घोषणा

Posted on: 28 Sep, 2021

असोज १२, काठमाडौँ । कुमारी बैंक लिमिटेडले आफ्ना शेयरधनीहरूलाई नगद लाभांशसहित शेयर बोनस बाँड्ने घोषणा गरेको छ ।

बैंकको गत असोज ११ गते बसेको संचालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट चुक्ता पुँजीको २.६७ प्रतिशत नगद लाभांशसहित ८.६७ प्रतिशत बोनस शेयर बाँड्ने घोषणा गरेको हो ।

बैंकको हालको चुक्ता पुँजी १३ अर्ब ८७ करोड ८४ लाख ७४ हजार रुपैयाँ रहेको छ । उक्त लाभांश राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारणसभाबाट पारित भएपश्चात शेयरधनीहरूलाई वितरण गरिने बैँकले जनाएको छ। बैंकले हालसम्म आफ्नो साधारणसभा र बुक क्लोजको मिति भने तोकिसकेको छैन । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!