आकाशियो डलरको भाउ ! नेपाललाई पर्छ यस्तो असर !

Posted on: 16 Dec, 2021

पुस १, काठमाडौँ | नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । अमेरिकी डलरको मूल्य डेढ वर्षयताकै महँगो भएको छ । विहीबार लागि एक अमेरिकी डलरको खरिद दर १२१ रुपैयाँ ६८ पैसा रहेको छ भने विक्रि दर १२२ रुपैयाँ २८ पैसा रहेको छ ।  बुधबारका लागि एक अमेरिकी डलरको खरिद दर १२१ रुपैयाँ ०९ पैसा रहेको छ भने विक्रि दर १२१ रुपैयाँ ६९ पैसा रहेको थियो । 

मंगलबारका लागि अमेरिकी डलर एक डलरको खरिददर १२० रुपैयाँ ९३ पैसा र बिक्रीदर १२१ रुपैयाँ ५३ पैसा रहेको थियो । सोमबार अमेरिकी डलर एकको खरिददर ११९ रुपैयाँ ५० पैसा र बिक्रीदर १२० रुपैयाँ १० पैसा रहेको थियो ।

केही दिनयता नेपाली मुद्रा नेपाली रुपैयाँसँग अमेरिकी डलरको विनिमय दर निरन्तर उकालो लागिरहेको छ । डलरको विनिमयदर बढेसँगै नेपालका व्यापार घाटा झन बढ्ने देखिएको छ । चालु खाता घाटा महिना दिनमै साढे ७१ अर्बले बढेको छ । असोजमा एक खर्ब ५१ अर्ब ७० करोड घाटामा रहेको चालु खाता कात्तिकमा २ खर्ब २३ अर्ब १९ करोड रुपैयाँ पुगेको छ ।

व्यापार घाटा ५ खर्ब ६८ अर्ब १७ करोड रुपैयाँ पुगेको छ । महिना दिनमै आयात एक खर्ब ७१ अर्ब ७७ करोडले बढेर साढे ६ खर्ब नाघेको छ भने व्यापार घाटा एक महिनामै एक खर्ब ५४ अर्ब ७० करोड रुपैयाँले बढेको छ । 

डलरको भाउ बढ्दा नेपालले आयात गर्ने सामान महंगो हुन्छ भने विदेशमा भएका नेपालीले पठाउने रेमिट्यान्स बढेर आउँछ । नेपाल राष्ट्र बैंकका अनुसार समीक्षा अवधिको चार महिना विप्रेषण आप्रवाह ७.५ प्रतिशतले कमी आई  ३१२ अर्ब ४२ करोड रुपैयाँ कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ११.२ प्रतिशतले बढेको थियो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!