९ पुष २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

अर्थमन्त्री पुनसँग मलेखु-तिप्लिङ-स्याफ्रुबेंसी वैकल्पिक मार्ग बनाउन माग

२९ बैशाख २०८१, शनिबार ०९:२४

बैशाख २९, काठमाडौँ । पासाङ ल्ह्यामु राजमार्गको वेत्रावती–धुन्चे–स्याफ्रुबेंसी हुँदै उत्तरी छिमेकी चीनको स्वशासित क्षेत्र तिब्बतको केरुङ जोड्ने सडकको वैकल्पिक बाटो निर्माणमा जोड दिन एक प्रतिनिधिमण्डलले अर्थमन्त्री वर्षमान पुनसँग माग गरेको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्षसमेत रहेका सांसद बुद्धिमान तामाङको नेतृत्वको प्रतिनिधिमण्डलले अर्थमन्त्री पुनलाई भेटी गल्छी धुन्चे– स्याफ्रुबेंसीको वैकल्पिक मार्गका रुपमा धादिङको मलेखु, रुबिभ्याली हुँदै केरुङ जोड्ने सडक निर्माणलाई प्राथमिकतामा राख्न आग्रह गरेका हुन् ।

धादिङको मलेखु हुँदै केरुङसम्मको सडकको ट्र्याक खोल्ने काम सकिएको जनाउँदै तामाङ नेतृत्वको टोलीले उक्त बाटोको स्तरोन्नतिका लागि आगामी बजेटमा रकम विनियोजन गर्न माग गरेका छन्। धादिङतर्फको बाटो निर्माण हुँदा कुनै कारणले वेत्रावती–धुन्चे–स्याफ्रुबेंसी हुँदै केरुङ सडक अवरुद्ध हुँदा विकल्प खुला हुने राप्रपाको जोड छ ।

त्यसले उत्तर–दक्षिण जोड्ने छिटो र छरिता बाटो पनि हुने जनाउँदै तामाङले भने, ‘ट्रयाक खोल्ने काम सकिएकाले त्यसको स्तरोन्नतिमा ध्यान दिन सके वैकल्पिक मार्ग मात्र होइन दक्षिणी छिमेकी भारत जोड्ने छोटो अन्तर्राष्ट्रिय मार्ग हुनेछ।’ यो सडक काठमाडौंलाई चीनसँग जोड्ने सडक मात्र नभएर नेपाली भूमि हुँदै भारत र चीन जोड्ने पनि सबैभन्दा छोटो सडक हुने उनले दाबी गरे।

पृथ्वी राजर्मागअन्तर्गत मलेखुबाट धादिङ बेसीसम्म १८ किलोमिटर दूरी छ भने त्यहाँबाट उत्तरी धादिङको तिप्लिङ खण्ड ८० किलोमिटर रहेको छ। तिप्लिङदेखि रसुवाको सिमाना सोमताङसम्म २७ र त्यहाँबाट स्याफ्रुबेंसी हुँदै टिमुरेसम्म ४७ किलोमिटर दूरी छ ।

राप्रपाका सांसदहरू ध्रुवबहादुर प्रधान, दीपकबहादुर सिंह, ज्ञानेन्द्र शाही, विना लामा, विना जैसवाल र अनिसा नेपालीसहितको भेटमा अर्थमन्त्री पुनले धादिङको मलेखुबाट रसुवाको स्याफ्रुबेंसी हुँदै रसुवागढी नाका जोड्ने कच्ची सडक बनिसकेको अवस्थामा त्यसको स्तरोन्नतिका बजेट विनियोजन गर्दै वैकल्पिक मार्गका रुपमा विकास गर्न सरकारले आवश्यक योजना अघि सार्ने आश्वासन दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रतिनिधिसभा पुनःस्थापनासम्बन्धी सबै रिटमा एकैसाथ सुनुवाइ हुने प्रधानमन्त्रीसँग सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पदाधिकारीको भेट छ वटा राजनीतिक दल खारेज नागरिकसँगको सम्बन्ध सुधार्न ‘हाम्रो प्रहरी’ अभियान थाइल्यान्डले क्लस्टर बम खसालेको कम्बोडियाको दाबी रुग्ण ठेक्का रद्द गरेर अलपत्र आयोजनालाई गति दिँदै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो भारतको आसाममा भएको झडपमा दुई जनाको मृत्यु, ४० भन्दा बढी घाइते केन्द्रीय कारागारबाट भागेका दुई कैदी पर्साबाट पक्राउ निर्वाचन हुने÷नहुने बहस अब निरर्थकः कार्यवाहक प्रमुख आयुक्त भण्डारी मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु टर्कीमा विमान दुर्घटना, लिबियाका सेना प्रमुखसहित ८ जनाको मृत्यु ‘सरकारको मुख्य कार्यभार निर्वाचन गराउनु हो’ पूर्वप्रम खनालकी पत्नीको स्वास्थ्य सुधारोन्मुख सुनचाँदीको मूल्य बढ्यो जेनजी आन्दोलनमा क्षतिग्रस्त आश्रममा किसुनजीको १०२औँ जन्मजयन्ती नवीकरणीय ऊर्जा क्षेत्र तीव्र बनाउन चीनको नयाँ योजना वैदेशिक रोजगार व्यवसायीद्वारा सरकारी निर्णयको स्वागत ठगीको अभियोगमा पक्राउ उत्तरपूर्वी पाकिस्तानमा आक्रमण, पाँच जना प्रहरीको मृत्यु