सुनको भाउ बढ्यो : तोलाको कति ?

Posted on: 17 Dec, 2021

पुस २, काठमाडौँ | सुनको भाउ आज एकैदिन हजार रुपैयाँले बढेको छ। यो महिना लागे पछि सुनको भाउ लगातार बढेको छ। मंसिर अन्तिम हप्ता केही घटेको सुनको भाउ फेरि बढ्न थालेको हो।

आज तोलामा सुनको भाउ एक हजार रुपैयाँले बढेर ९४ हजार रुपैयाँमा पुगेको छ। हिजो पनि तोलामा सात सय रुपैयाँले सुनको भाउ बढेको थियो। यस्तै, चाँदीको भाउ पनि आज बढेको छ।

बिहिबार तोलामा १२ सय ३५ रुपैयाँमा कारोबार भएको चाँदी आज १२ सय ५० रुपैयाँमा पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!