नेप्सेमा सूचीकृत बैंकले गरे लाभांश घाेषणा, कुन बैंककाे कति ?

Posted on: 21 Dec, 2021

पुस ६, काठमाडौँ | नेप्सेमा सूचीकृत सबै वाणिज्य बैंकहरुले गत आर्थिक वर्षको नाफाबाट लाभांश घोषणा गरेका छन् । लाभांश घोषणा गरेका केहीले लगानीकर्तालाई नै दिइसकेका छन् ।

यसपालि पनि नबिल बैंकले सबैभन्दा धेरै ३८ प्रतिशत लाभांश घोषणा गरेको छ । यसपटक बैंकहरुले नगदभन्दा सेयर बोनसलाई प्राथमिकता दिएका छन् । लाभांश घोषणा गरेकामध्ये १६ बैंकको बुक क्लोज भइसकेको छ । अर्थात् यी १६ बैंकको सेयर अब किन्नेले लाभांश पाउँदैनन् । लाभांश पाउन बुक क्लोजभन्दा अघिल्लो दिनसम्म सेयर खरिद गरेको वा होल्ड गरेको हुनुपर्नेछ ।

१० बैंकको भने बुक क्लोज हुन बाँकी छ । एनएमबी र एसबिआईको बुधबार बुक क्लोज हुँदैछ । ८ बैंककाे सेयर किन्नेले अझै पनि लाभांश पाउनेछन् । सेन्चुरी, एनआइसी एसिया, सिद्धार्थ, हिमालयन, कृषि विकास, सिभिल र नबिल बैंकको बुक क्लोज हुन बाँकी छ भने एनसिसीको आगामी सोमबार बुक क्लोजको मिति तय भएको छ ।



यस बिषयमा तपाइको प्रतिक्रिया...!