अमेरिकी डलरभाउ बढ्यो, अन्य देशको कति ?

Posted on: 22 Dec, 2021

पुस ७, काठमाडौँ | आज बुधबार एक अमेरिकी डलरको बिक्री दर १२१.२७ रुपैयाँ पुगेको छ। नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमयदर तोक्दै अमेरिकी डलरको खरिद दर १२०.६७ रुपैयाँ कायम भएको बताएको हो। यस्तै, आज एक यूरोको बिक्री दर १३६.९९ र खरिद दर १३६.११ रुपैयाँ तोकिएको छ।

पाउण्ड स्टर्लिङको बिक्री दर १६०.७६ र खरिद दर १५९.९६ रुपैयाँ कायम हुँदा सिंगापुर डलरको बिक्री दर ८८.८९ र खरिद दर ८८.४५ रुपैयाँ छ। यसैगरी, १० जापानी येनको बिक्री दर १०.६७ र खरिद दर १०.६२ रुपैयाँ कायम छ भने चिनियाँ युआनको बिक्री दर १९.०४ र खरिद दर १८.९४ रुपैयाँ छ।

३२.२० रुपैयाँ बिक्री दर रहेको साउदी रियालको खरिद दर ३२.१४ रुपैयाँ छ भने कतारी रियालको बिक्री दर ३३.३० र खरिद दर ३३.१४ रुपैयाँ छ। यसैगरी, संयुक्त अरब इमिरेट्सको दिरामको बिक्री दर ३३.०२ र खरिद दर ३२.८५ रुपैयाँ कायम हुँदा मलेसियन रिंगटको बिक्री दर २८.८२ र खरिद दर २८.६७ रुपैयाँ छ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!