कस्तो छ आजको सुनचाँदीको मूल्य ?

Posted on: 28 Dec, 2021

पुस १३, काठमाडौँ | नेपाली बजारमा आज मंगलबार सुनको मूल्य ओरालो लागेको छ भने चाँदी उकालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोलामा ९३ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य मंगलबार २ सयले ओरालो लागेर ९३ हजार रुपैयाँमा कारोबार भएको छ।

तेजावी सुन प्रतितोलामा ९२ हजार ५ सय रुपैयाँमा कारोबार भएको छ। यस्तै, चाँदीको मूल्य भने आज १० रुपैयाँले उकालो लागेर १ हजार २ सय ६० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ। 

यस बिषयमा तपाइको प्रतिक्रिया...!