'कृषि उत्पादनलाई उद्योगमा बदलौं'

Posted on: 31 Dec, 2021

पुस १६, काठमाडौँ | अर्थमन्त्री जनार्दन शर्माले कृषि क्षेत्रलाई उत्पादनमा मात्र सीमित नराखी उद्योगमा बदल्नुपर्नेमा जोड दिएका छन्। नेपाल कृषि सहकारी केन्द्रीय संघ लिमिटेडको चौधौं वार्षिक साधारणसभा शुभारम्भ गर्दै उहाँले उत्पादनमुखी अर्थतन्त्र निर्माण गर्न कृषिलाई बढवा दिनुपर्ने बताए।

एकातिर कृषियोग्य भूमि बाँझो रहनु र अर्कातिर आयातित वस्तुको उपभोग बढ्दै जानु चिन्ताको विषय भएको छ भन्दै अर्थमन्त्री शर्माले नेपालको जल, जमिन र जनशक्तिको भरपुर प्रयोग गरी कृषि उत्पादन बढाउनुपर्ने आवश्यकता औँल्याए। ‘कृषि क्षेत्र उपेक्षित छ, किसानले राज्यबाट पाउनुपर्ने सेवासुविधा पाइराखेको अवस्था छैन,’ उनले भने, ‘यस क्षेत्रलाई व्यवस्थित र संगठितरूपमा परिचालन गर्न राज्यको विशेष लगानी आवश्यक छ।’

किसानलाई व्यावसायिक र आत्मनिर्भर बनाउँदै देश निर्माणमा महत्वपूर्ण योगदान दिलाउन कृषि सहकारी संघले भूमिका निर्वाह गर्नुपर्ने पनि अर्थमन्त्री शर्माले बताए। किसानका समस्या समाधान गर्न सरकारका तर्फबाट पूर्ण सहयोग रहने उनको भनाइ थियो।

यस बिषयमा तपाइको प्रतिक्रिया...!