७ कम्पनीको शेयरमूल्य ७ प्रतिशत बढीले वृद्धि

Posted on: 02 Jan, 2022

पुस १८, काठमाडौँ | आज (आइतबार) नेपाल स्टक एक्सेन्च (नेप्से) मा कारोबारको अन्तिम समयसम्ममा ७ कम्पनीको शेयरमूल्य ७ प्रतिशत बढीले वृद्धि भएको छ।

आज हिमाल डिष्टिलेरीको शेयरमूल्य सबैभन्दा बढी ९.९९ प्रतिशतले बढेको छ। कम्पनीको शेयरमूल्य प्रतिकित्ताको रु.३२९.२९ ले बढेर ४ हजार ३१८ पुगेको छ।

यस्तै,मध्य भोटेकोशीको शेयरमूल्य ९.९७ प्रतिशतले बढेर प्रतिकित्ताको मूल्य रु.१६१ र सूर्या लाइफ इन्स्योरेन्सको शेयरमूल्य ९.२९ प्रतिशतले बढेर रु.७४१ को पुगेको छ।

यसैगरी,कर्पोरेट डेभलपमेन्ट बैंकको ७.७० प्रतिशतले बढेर प्रतिकित्ताको मूल्य रु.९१७,किसान लघुवित्तको ७.३८ प्रतिशतले बढेर रु.१ हजार ३१०,मिथिला लघुवित्तको ७.३४ प्रतिशतले बढेर १ हजार ९५९ र श्री इन्भेष्टमेन्टको ७.१४ प्रतिशतले बढेर रु.४२० पुगेको छ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!