चैत्रसम्ममा १ खर्ब ५० अर्ब आन्तरिक ऋण उठाउँदै सरकार

Posted on: 23 Jan, 2022

माघ ९, काठमाडौँ | सरकारले चैत मसान्तसम्म १ खर्ब ५० रुपैयाँ आन्तरिक ऋण उठाउने भएको छ । यसअघि पुस मसान्तसम्म ६ अर्ब ऋण उठाइसकेको सरकारले वार्षिक लक्ष्यको ४२.१ प्रतिशत चैत्रसम्ममा उठाउने भएको हो । 

राष्ट्र बैंकले आन्तरिक ऋणपत्र ट्रेजरी बिल, विकास ऋणपत्र, ५ वर्षका लागि नागरिक बचतपत्र र ५ वर्षकै लागि वैदेशिक रोजगार बचतपत्र निष्काशन गर्नेछ ।

चैत मसान्तसम्म राष्ट्र बैंकले ४४ अर्बको ट्रेजरी बिल्स बिक्री गर्ने भएको छ । जसमा २८ दिनको लागि ५ अर्ब, ९१ दिनको १२ अर्ब, १८२ दिनको लागि १२ अर्ब र ३६४ दिनको लागि १५ अर्ब रुपैयाँ बजारमा पठाउने भएको हो ।

यस्तै चैत मसान्तसम्म ५४ अर्ब ५० करोड रुपैयाँको विकास ऋणपत्र निष्काशन गर्ने भएको छ । जसमा २ वर्षका लागि १९ अर्ब ५० करोड, ४ वर्षका लागि २५ अर्ब र ५ वर्षका लागि १० अर्ब निष्काशन गर्ने भएको छ । यस्तै ५ वर्षका लागि नागरिक बचतपत्र पनि निष्काशन गर्नेछ । जसको रकम २ अर्ब रहेको छ ।

सरकारले आन्तरिक ऋण उठाउनका लागि राष्ट्र बैंकमार्फत विभिन्न विधि अपनाउने गरेको छ । जसमा ट्रेजरी बिल, विकास ऋणपत्र, ५ वर्षको लागि नागरिक बचतपत्र र ५ वर्षको लागि वैदेशिक रोजगार बचतपत्र रहेका छन् ।

सरकारले वैशाखदेखि असारको अवधिमा धेरै आन्तरिक ऋण उठाउने छन् । उक्त तीन महिनाको अवधिमा ५५.४ प्रतिशत आन्तरिक ऋण उठाउने भएको छ । त्यो १ खर्ब ३२ अर्ब ५० करोड रुपैयाँ हुन आउँछ । त्यसका लागि टे«जरी बिलबाट ५५ अर्ब, विकास ऋणपत्रबाट ७५ अर्ब, ५ वर्षे नागरिक बचतपत्रबाट २ अर्ब र ५ वर्षे वैदेशिक रोजगार बचतपत्रबाट ५० करोड रुपैयाँ सरकारले ऋण उठाउने भएको छ ।

राष्ट्र बैंकले निष्काशन गर्ने ट्रेजरी बिल, विकास ऋणपत्र बोलकबोल विधिबाट निर्धारण गरिन्छ । नगरिक बचतपत्र ५ वर्षको लागि हुने गरेको छ । यसमा १० प्रतिशत ब्याज पाइनेछ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!