आज नेपाली बजारमा सुनचाँदीको भाउ स्थिर

Posted on: 06 Feb, 2022

माघ २३, काठमाडौँ | साताको पहिलो दिन नेपाली बजारमा सुनको भाउ स्थिर छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको मूल्य तोलाको ९२ हजार पाँच सय रुपैयाँ कायम भएको छ । शुक्रबार पनि सोही मूल्यमा कारोबार भएको थियो ।

तेजावी सुनको भाउ तोलाको ९२ हजार निर्धारण भएको छ ।

आइतबार चाँदीको मूल्य पनि स्थिर छ । शुक्रबार एक हजार २५० रुपैँयामा कारोबार भएको चाँदी आइतबार पनि त्यही मूल्यमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!