साताको पहिलो दिन तोलामा १४ सय रुपैयाँले घट्यो सुनको मूल्य, तोलामा कति ?

Posted on: 27 Feb, 2022

फागुन १५, काठमाडौँ । आइतबार नेपाली बजारमा सुनको मूल्य तोलामा १४ सय रुपैयाँले घटेको छ । गत शुक्रबार प्रतितोला अधिकतम ९८ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज आइतबार १४ सय रुपैयाँले घट्दै ९६ हजार ६०० रुपैयाँमा झरेको हो । 

यस्तै तेजावी सुनको मूल्य समेत आज तोलामा १४ सय रुपैयाँले नै घट्दै ९६ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।  

यता चाँदीको मूल्य भने गत शुक्रबारको तुलनामा तोलामा ४० रुपैयाँले घट्दै आज एक हजार २९५ रुपैयाँमा झरेको महासंघले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!