आज प्रतितोला रु २०० ले बढ्यो सुनको मूल्य, प्रतितोला रु १ लाख दुई हजार ८००

Posted on: 13 Mar, 2022

फागुन २९, काठमाडौँ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु एक लाख दुई हजार ८०० तोकिएको छ । अघिल्लो दिन प्रतितोला रु एक लाख दुई हजार ६०० मा कारोबार भएको सुन आज प्रतितोला रु २०० ले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु एक लाख दुई हजार ३०० तोकिएकामा गत शुक्रबार प्रतितोला रु एक लाख दुई हजार १०० थियो । 

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु १० ले बढेर एक हजार ४२५ पुगेको महासङ्घले जनाएको छ ।महासङ्घले अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने घटबढका आधारमा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ९८७ डलर आसपास कारोबार भइरहेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!