सेयर बजार राताम्मे, कारोबार रकममा भने सुधार

Posted on: 05 Apr, 2022

चैत्र २२, काठमाडौं | साताको तेस्रो दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) का सबै परिसूचक राताम्मे भएको छ । मंगलबार नेप्से ४६ दशमलब ५६ अंकले घटेर २४५२ दशमलब ०६ बिन्दुमा आएर बजार बन्द भएको छ । 

मंगलबार कारोबार रकममा भने केही सुधार आएको छ। सोमबार एक अर्ब ५८ करोड बराबरको कारोबार भएको थियो ।

आज भने २२८ वटा कम्पनीको सेयर कारोबार हुँदा दुई अर्ब ६७ करोड बराबरको भएको छ। बजार घट्नेक्रम जारी रहँदा पनि राष्ट्रिय उत्थान लघुवित्त र नेश्डो लघुवित्तको भने सर्किट लेबलमा कारोबार भएको छ । 

यसैगरी जाल्पा सामुदायिक लघुवित्तको भने ६ दशमलव ०७ प्रतिशतले बढेर ४२० दशमलब ९ रुपैयामा अन्तिम कारोबार भएको छ।

मंगलबार धेरै रकम गुमाउनेमध्ये इमर्जिङ नेपाल १० प्रतिशत घटेर १३ सय २३ रुपैयाँ, नारायणी डेभलपमेन्ट बैंक ६ दशमलव ३७ प्रतिशत घट्दा ४ सय २५ दशमलव १ र युनाइटेड यडमार्दी ६ दशमलव ०१ प्रतिशतले घटेर अन्तिम कारोबार ९७७ दशमलब ५ रुपैयाँमा भएको छ।

मंगलबार अन्य परिसूचक राताम्मे हुँदा होटेल समूह भने १५ दशमलब १२ अंकले उकालो लागेको छ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!