सुनको मूल्य प्रतितोला १४ सयले बढ्यो, चाँदीको कति ?

Posted on: 05 May, 2022

वैशाख २२, काठमाडौँ | नेपाली बजारमा साताको पाँचौं दिन आज बिहीबार सुन र चाँदीको मूल्य बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य बिहीबार १४ सयले बढेर ९८ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार प्रतितोला ९७ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो। तेजावी सुन आज प्रतितोलामा ९७ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, चाँदीको मूल्य पनि १५ रुपैयाँले बढेको छ । जसअनुसार १ हजार ३ सय ५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!