पेट्रोलियम पदार्थको पूर्वाधार कर घट्दै, बिक्री मुल्यमा पनि समायोजन हुने

Posted on: 01 Jun, 2022

जेठ १८, काठमाडौँ | अर्थ मन्त्रालयले डिजेल र पेट्रोलमा लाग्दै आएको पूर्वाधार कर हटाउन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई निर्देशन दिएको छ।

पेट्रोलियम पदार्थमा लाग्दै आएको १० रूपैयाँ पूर्वाधार कर हटाउन अर्थले उद्योग मन्त्रालयलाई निर्देशन दिएको हो। पूर्वाधार कर घटेसँगै अब पेट्रोल र डिजेलको मूल्य पनि समायोजन हुनेछ। नेपाल आयल निगमको अनुसार भारतबाट आयात हुने पेट्रोलको खरिद मूल्य प्रतिलिटर १ सय १७ रूपैयाँ १८ पैसा र सवारी भन्सार करका रूपमा २५ रूपैयाँ २३ पैसा लाग्दै आएको छ।

सरकारले पेट्रोलियम पदार्थमा भन्सार शुल्क, सडक मर्मतसम्भार शुल्क (४ रूपैयाँ), प्रदूषण शुल्क (१ रूपैयाँ ५० पैसा), मूल्य स्थिरीकरण कोष शुल्क (१ रूपैयाँ ८० पैसा), मूल्यअभिवृद्धि कर (२० रूपैयाँ ७१ पैसा) र भौतिक पूर्वाधार विकास शुल्क (१० रूपैयाँ) उठाउँदै आएको छ । यसरी अहिले सरकारले जम्मा ६३ रूपैयाँ २३ पैसा कर उठाउँदै आएको छ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!