आज बढ्यो सुनचाँदीको भाउ, तोलाको कतिमा हुँदैछ कारोबार ?

Posted on: 03 Jun, 2022

जेठ २०, काठमाडौं | शुक्रबार बजारमा सुनको मूल्य तोलामा ९ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा छापावाला सुन तोलामा ९ सय रुपैयाँले बढ्दै ९८ हजार ५०० रुपैयाँ कायम भएको हो । 

अघिल्लो दिन छापावाला सुन प्रतितोला ९७ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो । 

यस्तै आज तेजाबी सुनको मूल्य समेत तोलामा ९ सय रुपैयाँले नै बढ्दै ९८ हजार रुपैयाँमा कारोबार भइरहको महासंघले जनाएको छ । 

यता चाँदीको मूल्य भने अघिल्लो दिनको तुलनामा आज तोलामा २५ रुपैयाँले बढ्दै एक हजार २९० रुपैयाँमा कारोबार भइरहेको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!