सुनको चाँदीको मूल्य बढ्यो, कतिमा हुँदै कारोबार ?

Posted on: 22 Jul, 2022

साउन ६, काठमाडौँ | शुक्रबार  सुन र चाँदीको मूल्य बढेको छ । नेपाल सुन-चाँदी व्यवसायी महासंघकाअनुसार सुनको मूल्य तोलामा  १ हजार रुपैयाँले बढ्दा चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेको छ ।

विहीबार प्रतितोला ९३ हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य शुक्रबार प्रतितोला ९४ हजार रुपैयाँमा कारोबार हुने सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ । 

 सुन-चाँदी व्यवसायी महासंघकाअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९३ हजार ५०० रुपैयाँ रहेको छ । यस्तै विहीबार प्रतितोला १ हजार १५५ रुपैयाँमा कारोबार भएको चाँदी आज १० रुपैयाँले बढेर प्रतितोला १ हजार १६५ रुपैयाँमा कारोबार हुने महासङ्घले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!