राष्ट्र बैंकले आज मौद्रिक नीति सार्वजनिक गर्दै

Posted on: 22 Jul, 2022

साउन ६, काठमाडौं | राष्ट्र बैंकले आर्थिक वृद्धिलाई सघाउने गरी आर्थिक वर्ष २०७८/७९ का लागि मौद्रिक नीति ल्याउने भएको छ। राष्ट्र बैंकले विगतमा साउन पहिलो साता मौद्रिक नीति सार्वजनिक गर्ने गरेको भएपनि अर्थमन्त्री परिवर्तन र त्यसपछि बजेट संशोधन गर्ने भनिएकाले ढिलाइ भएको हो।

आज बिहान राष्ट्र बैंक सञ्चालक समितिको बैठकले मौद्रिक नीति पारित गरेसँगै राष्ट्र बैंकले सार्वजनिक गर्ने तयारी गरेको छ ।

मौद्रिक नीतिबारे गभर्नर महाप्रसाद अधिकारीले बिहीबार अर्थ मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका प्रधानमन्त्री शेरबहादुर देउवालाई ब्रिफिङ गरेका थिए । त्यसअघि उनले अर्थ सचिव, राष्ट्रिय योजना आयोगका अध्यक्ष लगायतलाई पनि जानकारी गराएका थिए ।

यस वर्ष राष्ट्र बैंकले कसिलो मौद्रिक नीति ल्याउने संकेत यसअघि नै गरिसकेको छ । गभर्नर अधिकारीले अर्थतन्त्रको दबावलाई निकास दिने गरी मौद्रिक नीति आउने बताएका छन् । उनले विभिन्न बैठक तथा सार्वजनिक कार्यक्रमहरुमा विगतको भन्दा कसिलो नीतिका लागि तयार रहन पनि भन्दै आएका छन् ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!