तोलामा ८०० बढ्यो सुनको मूल्य

Posted on: 28 Jul, 2022

साउन १२, काठमाडौं | सुनकाे मूल्य बढेकाे छ । बुधबारकाे तुलनामा बिहीबार सुनकाे मूल्य प्रतिताेलामा ८०० रुपैयाँले बढेकाे हाे । 

बुधबार प्रतितोला ९४ हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य बिहीबार प्रतितोला ९४ हजार ८०० रुपैयाँमा कारोबार हुने सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ । 

महासंघका अनुसार बिहीबार तेजाबी सुनको मूल्य प्रतितोला ९४ हजार ३०० रुपैयाँ रहेको छ । यस्तै चाँदीको मूल्य पनि बढेको छ । 

बुधबार प्रतितोला एक हजार १५५ रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार प्रतितोला ३० रुपैयाँले बढेर प्रतितोला एक हजार १८५ रुपैयाँमा कारोबार भइरहेकाे महासंघले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!