यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर, कुन देशको कति ?

Posted on: 15 Sep, 2022

भदौ ३०, काठमाडौँ | नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।   

आज डलरको खरिद दर १२६ रुपैयाँ ८१ पैसा र बिक्री दर १२७ रुपैयाँ ४१ पैसा रहेको छ। युरो एकको खरिद दर १२७ रुपैयाँ ०३ पैसा र बिक्री दर १२७ रुपैयाँ ६३ पैसा रहेको छ।   

बेलायती पाउण्ड एकको खरिद दर १४६ रुपैयाँ ५४ पैसा र बिक्री दर १४७ रुपैयाँ २३ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३४ रुपैयाँ ५१ पैसा र बिक्री दर ३४ रुपैयाँ ६७ पैसा रहेको छ भने कुवेती दिनार एकको खरिद दर ४११ रुपैयाँ ८० पैसा र बिक्री दर ४१३ रुपैयाँ ७४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।




यस बिषयमा तपाइको प्रतिक्रिया...!