एकैदिन १२ सय रुपैयाँले घट्यो सुनको मूल्य, कतिमा हुँदै कारोबार?

Posted on: 11 Oct, 2022

असोज २५, काठमाडौं । सुनको मूल्य प्रतितोला १ हजार २०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९३ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ।

सोमबार छापावाल सुनको मूल्य प्रतितोला ९५ हजार २०० र तेजाबी सुनको मूल्य प्रतितोला ९४ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।

यसैगरी, चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँले घटेको छ । सोमबार प्रतितोला १२ सय ३० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य म‌गलबार १२ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!