सुनचाँदीको मूल्य घट्यो !

Posted on: 14 Oct, 2022

असोज २८, काठमाडौं | शुक्रबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ। सून प्रतितोला एक सय रुपैयाँ र चाँदी प्रतितोला पाँच रुपैयाँले घटेको हो। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रतितोला ९४ हजार एक सय र तेजावी सुन प्रतितोला ९३ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार सुन तोला ९४ हजार २००  रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको मूल्य भने  प्रतितोला एक हजार १८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!