यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर, डलरको रेट अहिलेसम्मकै उच्च

Posted on: 20 Oct, 2022

कात्तिक ३, काठमाडौँ | नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।    

आज डलरको खरिद दर १३२ रुपैयाँ ५४ पैसा र बिक्री दर १३३ रुपैयाँ १४ पैसा रहेको छ। डलरको यो रेट अहिलेसम्मकै उच्च हो । पछिल्लो समय डलरको भाउले दैनिक नयाँ कीर्तिमान बनाउँदै आएको छ। आज (बिहीबार)  डलरको भाउले नयाँ उचाइ छोएको छ।

 युरो एकको खरिद दर १२९ रुपैयाँ ६५ पैसा र बिक्री दर १३० रुपैयाँ २४ पैसा रहेको छ।   

बेलायती पाउण्ड एकको खरिद दर १४९ रुपैयाँ १९ पैसा र बिक्री दर १४९ रुपैयाँ ८६ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४० पैसा र बिक्री दर ३६ रुपैयाँ ५७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।  

विदेशी मुद्राको विनिमय दर:


यस बिषयमा तपाइको प्रतिक्रिया...!