Skip to content
Sunday, July 19, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७४ भदौ २८ गते, दिउँसो २:३५ बजे
बर्दिया - BRD

विद्यार्थीमैत्री सेवा, बोर्डलाई टेवा

k By kit 6 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

सास । भदौ २८, बर्दिया ।

विद्यार्थीहरुका लागि सम्पादन गरिने हरेक कार्यहरु विद्यार्थीमैत्री हुन नसकेको र यसका लागि विशेष ध्यान दिनुपर्नेमा आज जिल्लाकै जेठो क्याम्पस बबई बहुमुखी क्याम्पस गुलरियामा आयोजित एक कार्यक्रममा औंल्याइएको छ ।

राष्ट्रिय परीक्षा बोर्ड शाखा कार्यालय कोहलपुर बाँकेको आयोजनामा सम्पन्न जिल्लाका माध्यमिक विद्यालयका प्रधानाध्यापक तथा परीक्षा हेर्ने कर्मचारीका लागि आयोजित एक दिने परीक्षा सम्बन्धी अभिमुखीकरण कार्यक्रममा बोल्नुहुँदै परीक्षा बोर्ड कोहलपुर शाखाका प्रमुख गिरमान थापाले यस्तो कुरा बताउनुभएको हो ।

कार्यक्रममा थापाले विद्यालयबाट विद्यार्थीहरुको रजिष्ट्रेसन प्रक्रियाबाट नै अत्यन्तै ध्यान दिएर कार्य सम्पादन गरिएमा विद्यार्थीहरुको विवरण सम्बन्धी अशुद्धिलाई न्यूनीकरण गर्न सकिने बताउनुहुँदै यसका लागि विद्यालयबाट नै व्यवस्थित रुपमा कार्य सम्पादन गर्नुपर्ने कुरामा जोड दिनुभयो । साथै वहाँले विद्यार्थी भर्नाका आधारदेखि रजिष्ट्रेसन, परीक्षा आवेदन फारम, नतिजा प्रकशन, टिएमपी वितरण सम्मका प्रक्रिया तथा जटिलताका बारेमा छलफल गर्दे प्रधानाध्यापक तथा सहभागीहरुबाट आएका जिज्ञासाहरुको समाधान गर्नुभएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि रहनुभएका जिल्ला शिक्षा अधिकारी दमनसिंह चौधरीले विद्यार्थीहरुका सेवा र अन्य सरोकारका विषयहरुमा विद्यालय नै संवेदनशील हुनुपर्ने र आफूले बहन गर्नुपर्ने जिम्मेवारीबाट पन्छिँदा संस्था आफैले र विद्यार्थी तथा आभिभावकहरुले दुःख पाउने अवस्था नआओस् भन्ने कुरामा सचेत रहन आग्रह गर्नुभयो ।

यसैगरी कार्यक्रमका सभाध्यक्ष बबई बहुमुखी क्याम्पसका प्रमुख विनोद कुमार अग्रवालले कार्यक्रम अत्यन्तै फलदायी रहने बताउनुहँदै संघीयता लागू भैसकेको अवस्थामा पनि केन्द्रमा धाउनुपर्ने वाद्यता भएकोमा अब उपरान्त यस कुरालाई बोर्डले गम्भीरतापूर्वक लिनुपर्ने कुरा औंल्याउनुभयो ।

कार्यक्रममा सहभागी विद्यालयका प्रधानाध्यापकहरुले विगतमा उच्च माध्यमिक शिक्षा परिषद्कै कारणबाट पनि विभिन्न दुःख झेल्दै आउनुपरेको, परीक्षा नदिएको विषयमा पास भएर आएको, पुरै विद्यार्थीहरुको प्राप्ताङ्क ५ भन्दा कम आएको, प्रयोगात्मक अंक नचढेको, परीक्षा केन्द्रहरु अनुपयुक्त भएकोमा बोर्डलाई आगामी दिनमा यस प्रकारका कार्यहरुमा संवेदनशील भएर कार्य गर्न अनुरोध गर्नुभएको थियो ।

कार्यक्रमको अन्तमा जिल्ला शिक्षा कार्यालयका विद्यालय निरीक्षक टिका गोसाईंले कक्षा ११ को इमिस तथा विद्यालयले पठाउनुपर्ने छात्रवृत्तिका विवरणहरु तोकिएको ढाँचामा भरी दशैंलगत्तै कार्यालयमा बुझाउनका लागि जानकारी गराउनुभयो ।